चलचित्र ‘एक भागवत एक गीता’ भदौ २९ मै प्रदर्शन हुने

काठमाडौ, २५ भदौ । अभिनेत्री, निर्माता हुँदै निर्देशक बनेकी नायिका झरना थापाको परिवारले निर्माण गरेको ‘एक भगवत् गीता’लाई नाम परिवर्तन पछि सेन्सर बोर्डले प्रदर्शन अनुमति दिएको छ।
चलचित्रको नाम अब ‘एक भागवत एक गीता’ हुनेछ । विवाद मिलेसँगै अब यो चलचित्र भदौ २९ मै प्रदर्शन हुने भएको छ।
हिन्दु जागरण नेपाल, शिव सेना नेपाल, विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिलगायत १३ वटा धार्मिक संस्थाले चलचित्रको नामअनुसार कथाको कुनै सम्बन्ध नभएको, केवल व्यापारका लागि श्रीमद् भगवद् गीताको दुरुपयोग गर्न खोजिएको भन्दै चलचित्र विकास बोर्डमा निवेदन दिएपछि ‘एक भगवत् गीता’ले सेन्सरका लागि सिफारिस पाएको थिएन।
आइतबार दिनभरको छलफल पछि बिबाद सकिएको र चलचित्र प्रदर्शन गर्न पाउने निर्माण पक्षले जनाएको छ । चलचित्रमा बिपिन कार्की, धिरज मगर, सुहाना थापाको मुख्य भुमिका छ।

