आजको मौसम:हल्कादेखी मध्यम वर्षा हुने

काठमाडौ,२४ भदौ। शनिबारदेखि देशका धेरै ठाउँमा हल्कादेखी मध्यम वर्षा भैरहेको छ। काठमाडौ उपत्यका सहित सात वटै प्रदेशमा आइतबार पनि पानी पर्ने मौसमविद्को भनाइ छ।

मौसम महाशाखाका अनुसार केही प्रदेशमा हल्का वर्षा भएपनी बागमती र गण्डकीमा मध्यम तथा मधेस प्रदेश,लुम्बिनी र सुदुरपश्चिम प्रदेशमा सामान्य वर्षा हुनेछ। काठमाडौ उपत्यकामा भने दिउँसो सम्म पानी पर्नेछ।

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा कम पानी पर्नुलाई हल्का वर्षा, १० मिलिमिटरदेखि माथि ५० मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई मध्यम वर्षा तथा ५० भन्दा माथि सय मिलिमिटरभन्दा मुनि पानी पर्नुलाई भारी वर्षा भनिन्छ। यस्तै सय मिलिमिटरभन्दा माथि र दुई सयभन्दा मुनि मिलिमिटर पानी पर्नुलाई धेरै भारी वर्षा भनिन्छ।

अनि २ सय मिलिमिटरदेखि माथि पानी पर्नुलाई अति भारी वर्षा भनिन्छ। बर्षायाम टरीसकेको र तत्काल मौसम फेरबदल हुने संभावना नरहेकोले धेरै भारी र अति भारी बर्षाको संभावना छैन।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय