माओवादीलाई जनताको पार्टीको रुपमा स्थापित गर्छौं: प्रधानमन्त्री

गोर्खा । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ले माओवादी केन्द्रलाई पुन: जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन्  ।

सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा पुगेका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग (वाइसीएल )नेपाल अजिरकोट गाउँपालिकाको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।”अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ । अभियान देश भर उत्साहपूर्ण ढंगले अगाडि बढेको छ । यो अभियानमा संलग्न पार्टीका नेताकार्यकर्तालाई शुभकामना दिन चाहान्छु”-उनले भने-“ठूलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न प्रहरी यो अभियान सफल पार्न जरुरी छ ।”

माओवादी अध्यक्ष प्रचण्डले जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको पार्टीको काम गर्ने एकमात्र पार्टी माओवादी हो भन्ने रूपमा स्थापित गर्न सफल हुने विश्वास पनि व्यक्त गरे ।

अहिले आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई उनले चुनौतीपूर्ण अवसरको रुपमा लिएको पनि बताए । सरकारले सामाजिक सुरक्षा कोषको अभियान,पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरूवात गरिसकेको पनि उनले बताए ।

भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह जागेको भएपनि भष्ट्राचारमा रमाउनेहरू अत्तलिएको भन्दै प्रधानमन्त्री प्रचण्डले  बताउनु उहाँले सुशासन र समृद्धिलाई प्राथमिकता दिंएर सरकार अगाडि बढेको बताए।

प्रधानमन्त्रीले बुढिगण्डकी जलविद्युत आयोजनाको काम सुरुवात गरिएको, कर्णाली चिसापानी जस्तो गेम चेन्चज आयोजना सुरूवात गरिएको र छिट्टै चीन भ्रमण जानलागेको भन्दै नेपालको विकास र देशको उत्तरी क्षेत्रका नाका खोल्ने लगायतका एजेन्डा त्यसमा रहने बताए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय