बाबुराम पुत्री मानुषी किन पुगिन बालकोट ?

काठमाडौं,२२ भदौ । नेपाल समाजवादी पार्टीकी नेतृ एवं पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई पुत्री मानुषी यमी भट्टराई एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा देखिएपछि नयाँ तरंग देखिएको छ।
एमाले अध्यक्ष ओलीको निवासमा खिचेको फोटोमा मानुषी र उनका पति जेकेन्द्र श्रेष्ठ समेत देखिन्छन् । फोटो सार्बजनिक गर्दै मानुषीले समेत आफू बालकोट पुगेको पुष्टि गरेकीछन् ।
एमाले अध्यक्ष ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका पुर्व प्रधानमन्त्री भट्टराई एक अर्काको कटु आलोचक मानिन्छन् । तर,ओलीलाई भेट्न मानुषी आफैं बालकोट पुगेकी हुन् । उनलाई बोलाइएको होइन।
ओलीसँगको भेटवार्ताको तस्विर सार्वजनिक गर्दै मानुषीले समसामयिक विषयहरुमा छलफल भएको जनाएकी छिन् । गत मंसिरमा सम्पन्न निर्वाचनमा मानुषीले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिष्पर्धा गरेकी थिईन् ।
तर, उनी रास्वपाका गणेश पराजुलीसँग पराजित भएकी थिईन् । पछिल्लो समय उनी बुवा डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाको राजनीतिमा सक्रिय छिन्। तर, पति जेकेन्द्र श्रेष्ठलाई पनि लिएर बालकोट पुगेपछि राजनीतिमा नयाँ तरंग आएको छ। तर,उनले यसलाई चासोपुर्वक लिएकी छैनन् ।

