काठमाडौं महानगरमा आज शोक बिदा

काठमाडौं, २२ भदौ । वडाध्यक्षको निधनमा काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ।
महानगरपालिका प्रशासन विभागका प्रमुख दीपक अधिकारीले सूचना निकालेर काठमाडौँ १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएकाले महानगरपालिका र महानगरपालिका अन्तर्गतका कार्यालयहरूमा शोक बिदा दिइएको जनाएका हुन्।
रिजालको ५३ वर्षको उमेरमा बिहीबार ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनी गत आइतबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत थिए।

