मुकुन्द रिजालको निधनमा पुर्व प्रधानमन्त्री बाबुराम दुःखित

काठमाडौ,२१ भदौ।पुर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले नेपाली कांग्रेसका प्रतिभाशाली नेता तथा काठमाण्डौ मनपा-१६ का लोकप्रिय वडाध्यक्ष मुकुन्द रिजालको आकस्मिक निधनमा अत्यन्त दुःखित भएको बताएका छन् ।
रिजालको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरेपछी डा.भट्टराईले भने-‘गत आमनिर्वाचनको क्रममा वहाॅको जनशैली र क्षमतालाई नजिकबाट बुझ्ने अवसर मिलेको थियो! वहाॅको निधनबाट लोकतान्त्रिक आन्दोलनलाई ठूलो क्षति पुगेको छ।’
डा.भट्टराईले स्व. रिजालप्रति हार्दिक श्रद्धान्जली र शोकसन्तप्त परिवारजनमा गहीरो समवेदना ! प्रकट गरेका छन् । गत मंसिर ४ को निर्वाचनमा काठमाडौ ७ बाट डा.भट्टराईकि छोरी मानुषी यमी भट्टराई उम्मेदवार रहेका बेला डा.भट्टराई र स्व.रिजालको सम्बन्ध गाढा बनेको थियो।


