काठमाडौं-१६ का वडाध्यक्ष रिजालको निधन

काठमाडौं, २१ भदौ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
डेंगु संक्रमणपछि उपचाररत उनको बिहीबार बिहान ग्राण्डी अस्पतालमा निधन भएको हो ।
रिजाल गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

