सन्दीप विरुद्धको जाहेरीको एक वर्ष: आज मुद्दाको पेशी पनि

काठमाडौं, २१ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेशी आजका लागि तोकिएको छ । उनी विरुद्धको बलात्कार मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ । उक्त मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ ।
भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो ।
गत वर्ष आजकै दिन एक किशोरीले आफूमाथि बलात्कार भएको भन्दै सन्दीप विरुद्ध उजुरी दिएकी थिइन् ।

