कांग्रेसका सहमहामन्त्री यादव माथी खुकुरी प्रहार

काठमाडौ,२० भदौ।नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथी खुकुरी प्रहार भएको छ।

रिपोटर्स क्लबको कार्यक्रममा सहभागी भएर निस्कने बित्तिकै यादव माथी आक्रमण भएको हो। आफुलाई सामाजिक अभियन्ता र राजावादी बताउने नुवाकोटका श्यामबाबु सापकोटले यादवलाई खुकुरी प्रहार गरेका हुन् । सापकोटा पक्राउ परिसकेका छन्।

कार्यक्रममा यादवले सुन तस्करी, भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरणमा सरकारले चालेको कदमको विरोधमा धारणा राखेका थिए । सापकोटा यादवको भाषण सुन्न रिपोर्टस क्लबको हलमै उपस्थित थिए।

खुकुरी प्रहारबाट घाइते भए लगत्तै यादवलाई उपचारका लागि ट्रमा सेन्टरमा लगिएको र उपचार भइरहेको छ । टाउकोमा चोट लागेका यादवको अवस्था सामान्य छ।

पक्राउ परेपछि सापकोटाले रिसको झोकमा आक्रमण गरेको स्वीकार गरेका छन् ।प्रहरीले पक्राउ गरेर सिंहदरबार बृत्तमा लगेपछि सापकोटाले सोधपुछका क्रममा ‘रिसको झोकमा आक्रमण गरेको’ प्रहरीलाई बताएका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय