एमाले लुम्बिनीको अध्यक्षमा दुई मतान्तरले कँडेल निर्वाचित

बुटवल, २० भदौ । नेकपा एमाले लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न प्रथम अधिवेशनबाट पाल्पाका राधाकृष्ण कँडेल अध्यक्ष पदमा निर्वाचित भएका छन्।

निवर्तमान अध्यक्ष रहेका कँडेलले केन्द्रीय सदस्यसमेत रहेका प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै विजयी भएका हुन्।

कुल खसेको ९६५ मत मध्ये कँडेलले ४७९ मत पाउँदा उनका प्रतिस्पर्धी रिजालले ४७७ मत पाए।

त्यसैगरी अन्य पदाधिकारीको अन्तिम मत परिणामअनुसार उपाध्यक्ष पदमा कँडेल समूहका भोजप्रसाद श्रेष्ठले ४५५ मत ल्याएर विजयी भए भने रिजाल समूहका विश्वराज बराल अनुपले ३०६ मत पाए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय