भारतविरुद्ध नेपालको तारिफयोग्य ब्याटिङ, २३१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं, १८ भदौ । एसिया कप क्रिकेट अन्तर्गत अहिले नेपाल र भारत खेलिरहेका छन् ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले तारिफयोग्य ब्याटिङ गर्दै भारतलाई केही समय दबाबमा पनि राखेको थियो । नेपालले भारतलाई २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले ४८.२ ओभरमा अलआउट हुँदै २३० रन बनायो ।
नेपालका लागि आसिफ शेखले सर्वाधिक ५८ रन बनाए । त्यसैगरी सोमपाल कामीले ४८ रन बनाए भने कुशल भुर्तेलले ३८ रन बनाए ।
भारतका रविन्द्र जडेजा र मोहम्मद सिराजले ३-३ विकेट लिए भने मोहम्मद शामी, शार्दुल ठाकुर र हार्दिक पन्ड्याले १-१ विकेट लिए ।
भारत केहीबेरमा जवाफी ब्याटिङमा उत्रिने छ ।

