सरकारलाई चोरको संज्ञा दिँदै बालेनको आक्रोश: सिंहदरबारमा आगो लगाइदिन्छु

काठमाडौं, १६ भदौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारलाई चोरको संज्ञा दिँदै चेतावनी दिएका छन् ।
शनिबार राति फेसबुकमा आक्रोश पोख्दै उनले सरकारले आफ्नो महानगरको गाडी फेरि रोकेमा सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका हुन् ।
उनले लेखेका छन्, ‘आजको लागी केहि भएन ,भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने , सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

