महानगरले भन्याेः बिदाका दिनमा विद्यालय खाेले कारबाही गर्छाैँ

काठमाडौं, १६ भदाै । काठमाडाैं महानगरपालिकाले सार्वजनिक बिदाका दिन विद्यालय सञ्चालन नगर्न चेतावनी दिएको छ।

महानगरले दिएकाे बिदाका दिनमा पनि कतिपय नीजि विद्यालय सञ्चालन भएको पाइएपछि महानगरपालिकाले बिदाको दिनमा विद्यालय सञ्चालन नगर्न सचेत गराएको हो।

सापारु र रोपाइँ जात्राको अवसरमा महानगरपालिकाले शुक्रबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको थियो। त्यसकाे निर्णय उल्लंघन गर्दै खुलेका विद्यालयलाई कारबाही गर्ने चेतावनीसमेत महानगरपालिकाले दिएको छ।

काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले विज्ञप्तिमा गर्दै स्थानीय सरकारले गरेको निर्णय अनिवार्य रुपमा पालना गर्न सबैमा अनुरोध गरेका छन्।

महानरपालिकाको निर्णय विपरीत काम गरेमा प्रचलित कानूनबमोजिम कारबाही हुने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय