नेपाल क्रीकेट संघ बागमतीको अध्यक्षमा पारस खड्का निर्वाचित

काठमाडौं,१५ भदौ । नेपाल क्रिकेट संघ (क्यान)को बागमती प्रदेश अध्यक्षमा पारस खड्का निर्वाचित भएका छन् ।

आज भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी उमेश पियालाई पराजित गर्दै खड्का निर्वाचित भएका हुन् ।

निर्वाचन मत परिणाम अनुसार पारसले २३ मत पाए भने पियाले १४ मत पाए । यसैगरी कार्यसमितिमा १ जना बाहेक सबै पारसकै टिम निर्वाचित भएको छ। पारसको पक्षका १२ र अर्को पक्षका १ जना मात्रै कार्यसमितिमा निर्वाचित भए।

पारस काठमाडौ क्रीकेट संघबाट प्रतिनिधि थिए भने पिया चितवनबाट प्रतिनिधि थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय