बौद्धमा यसरी मनाइयो रोपाइँ जात्रा(तस्वीर सहित)

काठमाडौ,१५भदौ।काठमाडौ महानगरपालिका वडा नम्बर ६ बौद्धमा बिगत बर्षमा जस्तै यसबर्ष पनि रोपाइँजात्रा भब्य रुपमा मनाइएको छ।
काठमाडौ महानगरपालिका वडा नम्बर ६ र बौद्धनाथ क्षेत्र बिकास समितिको आर्थिक सहयोगमा यो रोपाइँजात्रा(घोनाइ) मनाइएको हो। मृतकका आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाउने गरिन्छ।यो जात्रा कहिलेदेखि मनाउन थालियो भन्ने अभिलेख नभएपनी मल्लकालिन राजा प्रताप मल्लको पालादेखी नै यो पर्व मनाउन थालिएको हो।
सो अवसरमा विभिन्न प्रतिस्पर्धामा पुरस्कारको समेत ब्यबस्था गरिएको थियो।धार्मिक महत्वका साथै राष्ट्रिय एकताको प्रतिक र सम्पदाको गरिमाले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारसगै पर्यटकीय दृष्टिकोणबाट समेत यस क्षेत्रले विशेष महत्व राख्दछ ।
बौद्ध ऐतिहासिक धार्मिक एवं सांस्कृतिक नगरी हो । यहाँ वर्ष भरि नै विविध सांस्कृतिक जात्रा एवं चाड पर्वहरु मनाउने गरिन्छ । परम्परागत रूपमा काठमाडौ उपत्यकामा मनाइने गाईजात्रा पर्वको आफनै इतिहास भएजस्तै गाईजात्राको भोलि पल्ट मनाउने बौद्धको रोपांइजात्रा तिनै सांस्कृतिक जात्रा एवं पर्वहरु मध्ये छुट्टै विशेषता एवं मौलिक पहिचान बोकेको जात्रा हो ।
विशेष गरी महिना भर खेतीपातीका चटारोलाई विर्सन खेतवारीमा आफ्नो रोपाइ सम्पन्न भई सकेपछि फुर्सदका दिनमा किसानहरु रोपाइँको झल्को दिने गरी रोपाहार, बाउसे र हलीको प्रतिक स्वरुप श्रृंगार एवं अभिनय गर्दै रोपाईजात्रामा सहभागी भई हर्षोल्लासका साथ रमाइलो गर्छन् ।
रोपाइजात्रालाई स्थानीय तामाङ समुदायले तामाङ भाषामा धीनाइ जात्रा पनि भनिन्छ । यस जात्रामा हास्यव्यङ्ग्ग्य, झांकी, नाचगान, लाखे घोनाई नाच, आदि समावेश थियोे । साथै जात्रामा सुन काण्ड,ललिता निवास र नक्कली भुटानी प्रकरण लगायत बिकृती र बिसङ्गतीको बारेमा समेत व्यंग्य गरिएको थियो।
सो कार्यक्रममा विभिन्न विधाहरु जस्तै लाखे, बाउसे, रोपाहार, झाकी, हास्य-व्यंग्य, हल गोरु, घोडा, घोनाई नाच, बाल रोपार र बाल बाउसे आदि रहेका थिए।



