भोजपुर केन्द्रविन्दु भएर भूकम्प

भोजपुर, १५ भदौ । भोजपुर जिल्लाको तुङगेछा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ बजेर ११ मिनेटको समयमा भोजपुरको तुङगेछा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि गत साउन ३२ गते बझाङको खिराताडी आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको थियो।

पछिल्लो समय नेपालका पूर्वी तथा पश्चिमी क्षेत्रमा भूकम्पहरु गइरहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय