एसिया कप क्रिकेटमा पाकिस्तानसँग नेपालको फराकिलो हार

काठमाडौं, १३ भदौ । एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको छ । नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको हो ।

पाकिस्तानले दिएको ३४२ रनको विशाल लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा अलआउट हुँदै १०४ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए भने आरिफ शेखले २६ रन बनाए । गुल्शन झाले १३ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पाकिस्तानका लागि शादाब खानले ४ विकेट लिँदा हारिस राउफ र शाहिन अफ्रिदीले २-२ तथा नसीम साह र मोहम्मद नवाजले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो । कप्तान बाबर आजमले १५१ रनको उत्कृष्ट पारी खेल्दा इफ्तिकार अहमद १०९ रनमा अविजित रहे ।

नेपालका लागि सोमपाल कामीले २ विकेट लिँदा करण केसी र सन्दीप लामिछानेले १-१ विकेट लिए ।

नेपालले अब दोस्रो खेलमा भदौ १७ गते भारतसँग खेल्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • रसुवा बाढी: धादिङका ७९ सम्पर्क विहीन 

    धादिङ । रसुवाको भोटेकोसी नदीमा गएको बाढीपछि धादिङका ७९ जना अझै सम्पर्कविहीन रहेका छन् । सम्पर्कविहीन हुनेमा सबैभन्दा बढी...

  • आज जनैपूर्णिमा

    देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले...