पाल्पामा जीप पहिराेले पुरिँदा तीनजनाकाे मृत्यु

पाल्पा, १३ भदाै । पाल्पामा जीप दुर्घटना हुँदा तीनजनाकाे मृत्यु भएकाे छ । गुल्मीबाट यात्रु लिएर काठमाडौं आउँदै गरेको जिप पाल्पामा पहिरोमा पुरिएकाे हाे ।

बुधबार बिहान लु १ ज ४६०० नम्बरको स्कार्पिओ जिप पहिरोमा पुरिँदा तीन जनाको घटनस्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

पाल्पाको रिब्दिकोट गाउँपालिका- २ जोर्तेमा बिहान सवा ८ बजे जिपमाथि पहिरो खसेको हो। दुर्घटनामा ज्यान गुमाउनेमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा कार्यरत प्रहरीका सहायक हवल्दार ३२ वर्षीय यमबहादुर बोहरा र गुल्मीको रेसुंगा नगरपालिका- ७ की ५० वर्षीया मनकला सुदारा छन्।

अर्का एकजना मृतक पुरुषको सनाखत हुन बाँकी रहेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय