बेपत्ता डाक्टरले आत्महत्या गरेको हुनसक्छ- प्रहरी
डाक्टर कोइराला गत आइतबार राति २ बजे कोशीको पुलमा आएको सिसी टिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ । पुलको रेलिङमा उनको मोबाइल भेटिएको थियो भने जुत्ता र मोजा पनि त्यहीँ भेटिएको थियो ।
सोमबार र मंगलबार दिनभरि खोज्दासमेत उनी फेला परेका छैनन् । ‘होटेलहरूमा फोटोसहित खोजी गर्दा समेत फेला नपरेपछि सशस्त्रको गोताखोर टोली ल्याएर दिनभरि खोजी गरेका थियौ,’ प्रहरी स्रोत भन्छ,-‘कोशीमा पानीको बहाव बढेका कारण सबैतिर खोजी गर्न पनि समस्या भयो । गहिरो ठाउँहरूमा गोताखोरको टोलीले प्रयास गरेको थियो । स्थानीय बासिन्दा र हामी मिलेर दिनभरि खोजी गर्यौँ ।’
उनी मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत थिए । झापाको दमक नगरपालिका १ मा उनको घर छ । केही महिनाअघि उनी लाइफलाइन अस्पतालमा कार्यरत थिए ।

