पुर्व प्रधानमन्त्री डा.भट्टराईलाई ‘डेङ्गो’ संक्रमण

काठमाडौ।पुर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईलाई डेङ्गो संक्रमण देखिएको छ।
पार्टी संगठन निर्माण र प्रशिक्षणको लागि देशब्यापी दौडमा रहेका भट्टराई डेङ्गो भएपछि काठमाडौ टोखा स्थित घरमै आराम गरेर बसेका छन् ।
उनले अकस्मात डेङ्गो भएकोले पुर्व तयारी अनुरुपका सबै कार्यक्रम रद्द गरेको समेत जनाएका छन्।डा.भट्टराई केही दिन गोरखाको उत्तरी क्षेत्रमा पैदल यात्रा गर्ने तयारीमा थिए।
आफुलाइ डेङ्गो भएको कुरा उनले बुधबार बिहानै सामाजिक संजालमा समेत लेखेका छन् ।’अकस्मात dengue को संक्रमणले गर्दा पूर्वतयारी अनुरूपको पश्चिमोत्तर गोरखाको दूधपोखरी पैदलयात्रा रद्द गर्नुपर्दा दुःखित छु’-उनले फेसबुक र ट्विटरमा लेखेका छन् ।

