प्रतिनिधिसभाका १० विषयगत समितिका सभापति घोषणा (को-को भए ?)

काठमाडौ।प्रतिनिधिसभा अन्तर्गत गठित १० वटा विषयगत समितिले पूर्णता पाएको छ। सोमबार ती समितिका सभापति घोषणा गरियो।
आइतबार दर्ता भएका नामलाई सोमबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिएपछी सभापति चुनिएका हुन् ।
नौ वटा विषयगत समितिमा एकल उम्मेदवारी र एउटा समितिमा दुई जनाको उम्मेदवारी प्रस्ताव दर्ता भएका कारण आज घोषणा गरिएको हो। जनमत पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जनाको उम्मेदवारी रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा पनि अन्तिममा सहमति भएको छ। जनमत पार्टीका अब्दुल खान र रास्वपाका गणेश पराजुलीको दाबी रहेकोमा अन्तिममा रास्वपाले फिर्ता लिएपछी खान सर्बसम्मत भए।
समितिका सभापतिहरुमा अर्थ समितिको सभापतिमा नेपाली कांग्रेसका सन्तोष चालिसे र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जसपाका राजकिशोर यादव छन् । यसैगरी कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका विमला सुवेदी, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा कांग्रेसका आरजु राणा देउवा, महिला तथा सामाजिक मामिला समितिको सभापतिमा किरणकुमार साह र राज्य व्यवस्था तथा सुशासन समितिमा रामहरि खतिवडा सभापति भएका छन् ।
त्यसैगरी, पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंह, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा एकीकृत समाजवादीका भानुभक्त जोशी र सार्वजनिक लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेल निर्वाचित भए।
निर्वाचित सभापतिहरुको सपथग्रहण अहिले ४:३० बजे हुनेछ।

