नेपाली कांग्रेसको क्रियाशिल सदस्य नविकरणमा उत्साह

काठमाडौ।देशको पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काङ्ग्रेसको क्रियाशिल सदस्यता नविकरण गर्ने अभियान का.म.पा.-६, बौद्ध इकाईमा उत्साहपुर्ण देखिएको छ।
आइतबार नेपाली कांग्रेस बागमती प्रदेश,काठमाडौ-३ क्षेत्रीय समिति,क्षेत्रको प्रदेस,नगर र इकाईका पदाधिकारी तथा सदस्य सहितका नेताकार्यकर्ताले आ-आफ्नो सदस्यता नवीकरण गरेका थिए।
नेपाली कांग्रेस काठमाडौ-३ का क्षेत्रीय सचिव एवं कामपा वडा नं. -६ का वडा अध्यक्ष भुवन लामा,बागमती प्रदेश समिति सदस्य नानु दाहाल,वडा नम्बर-६ इकाइ सभापति विवेक लामा,प्रदेस महाधिवेशन प्रतिनिधि एवं समाजसेवी सोनम लामा,महेश पुडासैनी, नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य रितेस तामाङ, इकाई सदस्य बलराम पन्त,सुजन लामा,मिराज क्याफेका संचालक एवं अग्रज क्रियाशिल सदस्य बिष्णु बस्ताकोटी,मिरा बस्ताकोटी,बिकास खड्गी लगायत नेताकार्यकर्ताले क्रियाशिल सदस्यता नविकरण गरेको इकाइ सभापति विवेक लामाले जानकारी दिए।
साथै इकाइ अन्तर्गत रहेका सम्पूर्ण क्रियाशील सदस्यलाई बौद्ध पशुपति मार्गमा रहेको इकाई कार्यालयमा बिहान ८ बजेदेखी ११ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म उपस्थित भएर नवीकरण गराउन सकिने पनि सभापति लामाले जानकारी दिए।






