सन्दीपविरुद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाइ

काठमाडौं, १० भदौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पिनर सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको पेशी आजलाई तोकिएको छ ।
गौशाला २६ ले दिएको बलात्कारको उजुरीमा आजदेखि अन्तिम सुनुवाइ प्रारम्भ हुने बताइएको छ । काठमाडौं जिल्ला अदालतमा जारी मुद्दाको पटक पटक पेशी सर्दै आएकाले सन्दीप एसिया कपका लागि नेपाली टोलीसँग पाकिस्तान समेत गएका छैनन् ।
सन्दीपको पक्षमा फैसला आएमा उनी एसिया कपका लागि पाकिस्तान जाने छन् । सन्दीपलाई पठाउने गरी क्यानले तयारी गरेको छ यद्यपि अदालतको आदेशमा सबै कुरा निर्भर हुने छ ।
गर वर्षको भदौमा एक नाबालिगले आफुमाथि बलात्कार भएको भन्दै सन्दीप विरुद्ध उजुरी दिएकी थिइन् ।

