वरिष्ठ कलाकार सानु ताम्राकारको निधन

काठमाडौं, ९ भदौ । वरिष्ठ कलाकार सानु ताम्राकारको निधन भएको छ । ताम्राकारको उपचारका क्रममा शनिबार दिउँसो करिब ३ बजे निधन भएको हो ।
केही समयअघि छोरा सारुक ताम्राकारको निधनपछि कमजोर बन्दै गएका सानु नर्भिक अस्पताल भर्ना भएका थिए । पछिल्लो समय उनको मृगौलामा पनि समस्या देखिन सुरु भएको थियो ।
ताम्राकारको भोलि अन्त्येष्टि गर्ने तयारी गरिएको छ । थुप्रै चलचित्र तथा सिरियलमा अभिनय गरेका ताम्राकारले तीन वर्ष चलचित्र कलाकार संघको कार्यवाहक अध्यक्षसमेत बनेका थिए ।
उनले ‘जीवन रेखा, बदलिँदो आकाश, निरमोही, जुन तारा, सुरक्षा, रगत, ज्वालामुखी, जीवन मृत्यु, मन मनै मन पराए, अभियान, पल, ग्याम्लर, भूँइमान्छे, मेरी मामु’ लगायतका फिल्ममा काम गरेका छन् ।

