नेपाली कांग्रेस काठमाडौ-३को क्षेत्रीय सम्मेलन हुँदै
काठमाडौ।नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर ३ को क्षेत्रीय सम्मेलन शनिबार हुने भएको छ।
क्षेत्रीय सभापति एवं काठमाडौ-३का क्षेत्रीय सभापति सन्तोष चालिसेको अध्यक्षतामा हालै सम्पन्न बैठकले शनिबार जोरपाटी स्थित पिस ब्याङ्केटमा बिहान ८:० बजे पार्टीको क्षेत्रीय सम्मेलन गर्ने निर्णय गरेको हो। नेपाली कांग्रेस काठमाडौ-३ का क्षेत्रीय सचिव भुवन लामाले सम्मेलनको सबै तयारी पूरा भएको जानकारी दिए।
नेपाली कांग्रेसका उपसभापति एवं नेपाल सरकारका रक्षामन्त्री पुर्णबहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्मेलन हुन लागेको हो। ।
नेपाली कांग्रेस काठमाडौ ३ का क्षेत्रीय सभापति सन्तोष चालिसेले सम्मेलनले पार्टी एकढिक्का भएर अगाडी बढ्ने,पार्टी सुदृढीकरण र नेताकार्यकर्तामा उत्साह थप्ने बताए।
सम्मेलनमा पार्टीका सबै वडा,नगर र प्रदेशका नेताकार्यकर्तालाई खबर गरिएको कांग्रेसले जनाएको छ।यसअघि क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश (१) र (२) को प्रदेश सम्मेलन सम्पन्न भैसकेको छ।

