वरिष्ठ सई हत्याका आरोपी आमा-छोरा पुर्पक्षका लागि जेल चलान

बाग्लुङ, ८ भदाै । बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इन्चार्ज वरिष्ठ सई उज्वल पौडेलको हत्या आरोपमा पक्राउ परेका होटल सञ्चालक आमा-छोरालाई पुर्पक्षका लागि चलान गरिएको छ।

जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका–६ स्थित आशा होटल तथा खाजाघरका सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोद कुँवरलाई पुर्पक्षका लागि जेल पठाउने आदेश दिएको हाे ।

कुँवरको होटलमा खाजा खान गएका वरिष्ठ प्रहरी नायब निरीक्षक पौडेल गत साउन ८ गते राति होटलमै मृत फेला परेका थिए।

होटलमा मृत फेला परेका पौडेलको हत्या भएको प्रारम्भिक अनुसन्धानपछि प्रहरीले होटल सञ्चालक कुँवर र उनका छोरालाई सोही दिन पक्राउ गरेको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय