मेलम्ची नदीमा बाढी, विद्यालय उच्च जाेखिममा

सिन्धुपाल्चोक, ८ भदाै । सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढी आएको छ । बुधवारदेखिको अविरल वर्षाका कारण ‍हेलम्बु गाउँपालिका-४ स्थित मेलम्ची नदीमा बढी आएको हो ।

बाढीले सरस्वती माध्यमिक विद्यालयको शौचालय नै बगाएको छ । नदीले धार परिवर्तन गरी कटान गर्दा विद्यालय उच्च जोखिममा परेको छ । विद्यालयको निर्माणाधीन भवनको पिलर पनि बाढीले बगाएको छ।

बाढीले ग्याल्थुमको माथिल्लो बजार उच्च जोखिममा परेको छ । बाढी बजारमा नै पस्न लागिसकेकाे र बहाब बढ्दाे क्रममा रहेमा बस्तीमा नै बाढी छिर्ने जाेखिम छ ।

‍पछिल्लो २४ घन्टामा मेलम्ची आसपास १२२ मिलिमिटर वर्षा भएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • चिया निर्यात ठप्प !

    भारतीय चिया विकास निगमले चिया आयातमा ट्रकैपिच्छे प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) अनिवार्य गर्ने नयाँ नियम लागू गरेपछि विगत...

  • तीन अर्ब बढ्यो कञ्चनपुर-कमला सडकको लागत

    सिरहा। हिउँदमा धुलाम्मे सडक र पानी पर्नासाथ हिलोको आहल, अनि साना–ठूला खाल्डाखुल्डी छिचोल्दै गुड्नुपर्ने गाडीहरू। पूर्व—पश्चिम...