आर्थिक बिकास कांग्रेसको मुख्य एजेन्डा-नेता सिंह

काठमाडौ।नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश(१)को प्रदेश सम्मेलन बिहिवार सम्पन्न भएको छ।
काठमाडौ-६ बौद्ध,रामनगर स्थित क्लब मण्डलामा सम्पन्न भएको  सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका पुर्व उपसभापति र पुर्व मन्त्री समेत रहेका पार्टी केन्द्रिय सदस्य एवं बर्तमान सांसद प्रकाशमान सिंहले गरे।
सोही अवसरमा बोल्दै नेता सिंहले जुन राजनीतिक दलले ईतिहास बनाउन सकेकाेछ उसैले इतिहासको कुरा गर्न सुहाउने बताए।उनले इतिहास नै बनाउन नसकेका राजनीतिक दलले  कांग्रेस ईतिहासकाे मात्रै कुरा गर्छ भन्ने आराेप लगाउनुको कुनै औचित्य नभएको बताए।
उनले अबको युग बिकास र समृद्धि सहितको आर्थिक क्रान्तिकाे युग भएको पनि बताए ।’देशमा केही भएन भन्नेहरुले ०६४ को संविधान सभा निर्वाचन पछि भएका बिकास र  प्रगतिलाई  ख्याल नठाने हुन्छ’ उनले भने-‘अब आर्थिक क्रान्ति कांग्रेसकाे मुल एजेन्डा हुनेछ।’
नेता सिंहले पार्टीमा न्याय भएन भनेर कुरा उठ्ने गरेको भन्दै पार्टीमा सबैलाई समान अवसर र मौका दिनुपर्नेमा समेत जोड दिए। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य  तथा सांसद अम्बिका बस्नेतले कांग्रेसका निर्वाचित जन प्रतिनिधिले गर्ने कामले कांग्रेस पार्टीको मुल्यांकन हुने भएकोले जिम्मेवार भएर अगाडी बढ्न सबैलाई आग्रह गरिन।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बानियाँले पार्टी जिम्मेवारीमा रहेका सबै नेताले आफ्नो जिम्मेवारी पूरा गर्न सके पार्टी सुदृढीकरण र आगामी दिनमा सहज हुने बताए ।

नेपाली कांग्रेस काठमाडौ ३(१) का प्रदेश सभापति श्रीराम चालिसेको सभापतित्वमा सम्पन्न प्रदेश सम्मेलनमा नेपाली कांग्रेस काठमाडौ-३ का क्षेत्रीय सभापति एवं प्रतिनिधि सभा सांसद सन्तोष चालिसे,काठमाडौ जिल्ला सभापति सबुज बानिया लगायतले शुभकामना दिएका थिए।

प्रदेश सचीव ईश्वर पुडासैनीले संचालन गरेको कार्यक्रममा नेपाली कांग्रेसका नेताकार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय