काठमाडाैं महानगरकाे चालु आवको पहिलो महिनामा राजस्व रु ६५ करोड

काठमाडौं, ६ भदौ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा रु ६५ करोड ४२ लाख बढी राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रु ४५ करोडमात्र राजस्व असुल गरेको कामपाले अहिले राजस्व बढाएको छ ।

चालु आवका लागि कामपाले रु १० अर्ब ८१ करोडको लक्ष्य लिएको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको पहिलो महिनामा रु २० करोडले बढी हो ।

चालु आवको पहिलो महिनामा सबैभन्दा बढी रु ३१ करोड घरबहाल करबाट असुल भएको काफ्लेको भनाइ छ । सम्पत्ति करमा रु १२ करोड असुल भएको छ । सबैभन्दा कम न्यायिक दस्तुरमा रु ३५ हजार मात्र असुल भएको छ । बहाल कर तिर्ने करदाता बढेकाले पछिल्लो समय कामपाको राजस्व रकम बढेको  काफ्लेले जानकारी दिए ।

उनका अनुसार विगतका वर्षमा भन्दा अहिले करदाता पनि निकै नै बढेका छन् । अहिले कामपामा तीन लाखभन्दा बढी करदाता छन् । समयमा नै कर तिर्नका लागि कामपाले ३२ वटै वडा कार्यालयमा बिहान बेलुका वडा सदस्य र कर्मचारीको नेतृत्वमा उत्प्रेरित गर्ने काम पनि गरिरहेको छ ।

कामपाले समयमा नै कर असुल गराउनका लागि गत फागुन २ गते घर बहाल व्यवस्था निर्देशिका, २०७९ जारी गरेको थियो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • गाईपालनबाट मासिक २ लाख

    रोजगारीका लागि ८ वर्षसम्म खाडीमुलुक साउदी अरब बसे पनि भनेजस्तो कमाई गर्न नसकेपछि घर फर्किएर व्यावसायिक गाईपालन गरेका पर्वतका...