कांग्रेस नेता डा.राजाराम कार्कीको निधन

काठमाडौ।नेपाली कांग्रेसका पुर्व केन्द्रिय सदस्य एवं तरुण दलका पुर्व महामन्त्री डा.राजाराम कार्कीको ६६ वर्षको उमेरमा निधन भएको छ ।
प्रोस्टेटको क्यान्सरबाट पीडित उनको उपचारका क्रममा बुधबार वीर अस्पतालमा निधन भएको हो ।

धादिङका डा.कार्की २०७४ सालमा बागमती प्रदेश सभामा कांग्रेसबाट समानुपातिक कोटाबाट सांसद बनेका थिए ।

वीर अस्पतालका जनरल सर्जन उनी चिकित्सक पेशा छाडेर पूर्णकालीन राजनीतिमा आएका थिए ।अन्तिम श्रद्धाञ्जलीका लागि उनको शव बिहिवार पार्टी कार्यालय सानेपामा ९ बजेदेखि ११ बजेसम्म राखिने छ ।
कांग्रेसको १४ औं महाधिवेशनमा कार्कीले महामन्त्री पदमा उम्मेदवारी दिएका थिए। गगन थापा र बिश्वप्रकाश शर्मा निर्वाचित हुँदा उनी सहित तीन डाक्टर(डा.प्रकाश शरण महत,डा.मिनेन्द्र रिजाल र डा.राजाराम कार्की) पराजित भएका थिए।
२०३० सालमा नेविसंघ धादिङको जिल्ला सभापति बनेका कार्की तरुण दलका पूर्वमहामन्त्री पनि हुन् । उनी महाराजगञ्ज मेडिकल क्याम्पसका पूर्वस्ववियु सभापति र इकाई अध्यक्ष समेत रहेका थिए ।

कांग्रेसलाई जनतामाथि शासन गर्ने पार्टी होइन जनताको सेवा गर्ने पार्टी बनाउनने उनको योजना र मुलमन्त्र थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय