नेपाली कांग्रेस काठमाडौ ३प्रदेश (१)को सम्मेलन हुँदै

-श्रीराम चालिसे

काठमाडौ।नेपाली कांग्रेस काठमाडौ क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश(१)को प्रदेश सम्मेलन बिहिवार हुने भएको छ।

प्रदेश कार्यसमितिको हालै सम्पन्न बैठकले बिहिवार बौद्ध,रामनगर स्थित क्लब मण्डलामा बिहीबार बिहान ७:३० बजे पार्टीको सम्मेलन गर्ने निर्णय गरेको हो। नेपाली कांग्रेसले सम्मेलनको सबै तयारी पूरा भएको जनाएको छ।

नेपाली कांग्रेसका पुर्व उपसभापति समेत रहेका पुर्व मन्त्री एवं बर्तमान सांसद प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा सम्मेलन हुन लागेको नेपाली कांग्रेस काठमाडौ ३(१) का प्रदेश सभापति श्रीराम चालिसेले परेवान्युजलाई बताए।

सत्ता गठबन्धनको मुख्य दल नेपाली काङ्ग्रेसले पार्टी सुदृढीकरण र जनता सम्म पुग्ने अभियानसंगै आफ्ना मातहतका समितिहरुको सम्मेलन समेत गर्न थालेको छ। यसअघि क्षेत्र नम्बर ३(२) को प्रदेश सम्मेलन सम्पन्न भैसकेको छ।

 

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय