काठमाडौंबाट पश्चिम जाँदै गरेको बस त्रिशुलीमा खस्यो,८ जनाको मृत्यु

काठमाडौं, ६ भदौ । काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खसेको छ।
धादिङ प्रहरी स्रोतका अनुसार पृथ्वी राजमार्गअन्तर्गत धादिङको धादिङको गजुरी गाउँपालिका–२, स्थित चालिसेबाट बस त्रिशूली नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार काठमाडौंबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस आज बिहान सवा ११ बजेतिर नदीमा खसेको हो ।
बसमा कति सवार थिए भन्ने बारे यकिन भइसकेको छैन भने केहीको नदीबाट उद्दार गरिएको छ ।
थप विवरण आउन बाँकी छ ।

