रेखाले मनाइन जन्मदिन ! कति बर्ष भइन ?

काठमाडौ।नायीका रेखा थापाले मंगलवार जन्मदिन मनाएकी छिन् । नायीका थापालाई बिहानैदेखी फिल्मकर्मी तथा उनका समर्थकले फेसबुक,इन्स्ट्राग्राम र ट्विटरमा जन्म दिनको शुभकामना दिइरहेका थिए।

२०३९ सालमा मोरङ,सुन्दर हरैचा नगरपालिका स्थित सलकपुरमा जन्मिएकी रेखाले ४१ औं जन्मदिन मनाएकी हुन् । उनले केही वर्ष अगाडि जाजरकोटका बलराम शाहीसँग विवाह गरेकी हुन् । उनले छवीराज ओझाको चलचित्र ‘हिरो’मार्फत फिल्म क्षेत्रमा डेब्यु गरेकी हुन् ।

चलचित्र अभिनय,निर्माण र निर्देशन समेत गर्दै आएकी हिम्मतवाली नायिका थापा राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय नेतृ समेत हुन् । गत मंसिर ४ को आम निर्वाचनमा मोरङ-३ बाट सांसदको उम्मेदवार बनेकी उनी कांग्रेसका सुनिल शर्मासंग पराजित भएकी थिइन् ।

नायिका रेखा अहिले अर्की नायिका पूजा शर्मासंग मिलेर ‘उपहार’ नामक फिल्म निर्माणको तयारीमा छिन् ।निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशन रहने फिल्म छायाँंकनको तयारीमा छ । उनको यो फिल्ममा मिस्टर नेपाल समर्पण,नायिका पूजा शर्मा, नायक मुकुन भुसाल लगायतको अभिनय रहनेछ ।  प्रेमकथामा बन्न लागेको फिल्ममा अर्जुन पोखरेलको संगीत, विष्णु कल्पितको छायांकन रहनेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय