कालीखोलामा ठुलो पहिरो खस्यो, हटाउन धेरै समय लाग्ने

चितवन, ४ भदौ । चितवनको मुग्लिन-नारायणगढ सडक अवरुद्ध भएको छ । सोमबार साँझ कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार यो पहिरो अहिलेसम्मकै ठुलो हो र हटाउन कम्तिमा पनि २ दिन लाग्ने छ ।

पहिरो हटाउन समय लाग्ने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय