यसरी भेटीयो बगाएको पैसा ! (तस्वीर सहित)

काठमाडौ।मुस्ताङमा लेदो सहितको बाढीका कारण पुरिएको बैंकको भल्ट नेपाल प्रहरी सहित अन्य सुरक्षा निकायका सदस्य तथा स्थानीय व्यक्तिहरूले खोजेर निकालेका छन् ।

२०८० साउन २८ गते साँझ १९:३० बजेको समयमा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गा.पा. वडा नं. ४ स्थित कागखोलामा लेदो सहितको भीषण बाढी आई कागबेनी बजारमा रहेका विभिन्न संरचनामा क्षति पुर्‍याँउदा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक समेत डुबानमा परेको र बैंकमा रहेको भल्ट समेत हराउन पुगेको थियो ।

उक्त भल्ट नेपाल प्रहरी सहित अन्य सुरक्षा निकाय, स्थानीय व्यक्ति र बैंकका कर्मचारीहरूको संयुक्त प्रयासमा खोजतलास गर्दा बाढी गएको एक हप्ता पछि फेला परेको थियो र भल्ट भित्र सम्पूर्ण नगद सुरक्षित अवस्थामा रहेको थियो ।

बाढीका कारण स्थानीय प्रहरी चौकी सहित २९ वटा संरचना पूर्ण क्षति हुन पुगेका थिए ।

तस्वीर:नेपाल प्रहरी

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय