माछा मार्न गएका युवक नारायणीमा डुबे

नवलपुर, ४ भदौ । माछा मार्ने क्रममा नारायणी नदीमा डुबेर नवलपरासी पूर्व(नवलपुर)मा एक युवकको मृत्यु भएको छ।

नवलपुरको कावासोतीस्थित नारायणी नदीमा माछा मार्न गएका देवचुली नगरपालिका–११ का २० वर्षीय मङ्गलसिंह पुलामीको नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

शनिबार दिउँसो माछा मार्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका पुलामीको शव आइतबार साँझ फेला परेको हो। नदीबाट स्थानीयले शव निकालेपछि प्रहरीलाई खबर गरेका थिए ।

साथीसँग माछा मार्न गएका पुलामी बेपत्ता भएपछि हात्तीसमेत परिचालन गरर उनको खोजी गरिएको थियो। उनीसँगै डुबेका अर्का एक युवकको तत्कालै स्थानीय माझीले उद्धार गरेका थिए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय