बौद्ध महाङ्कालमा ७२ जनाले गरे रक्तदान

काठमाडौ।काठमाडौ-६ बौद्ध महाङ्कालमा रहेका दुई सामाजिक संस्थाको सक्रियतामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
बिगत १८ बर्षदेखी निरन्तर सामाजिक काम र रक्तदान आयोजना गर्दै आएको सवल समाज र जागरुक युवा समाजको संयुक्त आयोजनामा महाङ्काल स्थित ज्ञात अज्ञात सहिद स्मृति उद्यानमा रक्तदान सम्पन्न भएको सवल समाजका सदस्य पुष्कर नेपालले जानकारी दिए। उक्त रक्तदानमा ७२ जनाले रक्तदान गरेका थिए ।
‘रक्तदान,जीवन दान ! रक्तदान गरौं,स्वस्थ बनौं’ नारा सहित आयोजना गरिएको रक्तदानमा समाजका सदस्य इन्द्रजीत पण्डितले पहिलो रक्तदान गरेका थिए।संस्थाले कोरोनाको समयमा समेत सामाजिक कार्य र रक्तदान गरेको थियो। यस क्षेत्रमा उदाहरणीय कार्य गर्ने अग्रणी संस्था मध्यमा यी संस्था पनि पर्दछन् ।


