पाँच लाख रुपैयाँ घुससहित गाउँपालिका कर्मचारी पक्राउ

सप्तरी, ३१ साउन । सप्तरीको विष्णुपुर गाउँपालिकाका दुईजना कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार ५ लाख रूपैयाँ घुससहित पक्राउ गरेको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग इटहरीको टोलीले बुधबार बिहान गाउँपालिकाका लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर वीरेन्द्रकुमार यादवलाई उक्त परिमाणको घुससहित पक्राउ गरेको हो।
उनीहरुलाई सप्तरी सदरमुकाम राजविराज नगरपालिका-३, त्रिभुवन चोकबाट घुससहित पक्राउ गरेर अनुसन्धान थालिएको अख्तियारले जनाएको छ।

