चितवनमा अक्सफोर्ड कलेज बससहित चारवटा सवारी साधन एकआपसमा ठोक्किए

चितवन, ३१ साउन । चितवनको टिकौली जंगलमा चारवटा सवारी साधन एक आपसमा ठोक्किएका छन् । बुधबार विहान कलेज बस, शव बोकेको जीप, मोटरसाइकल र स्कुटर दुर्घटनामा परेका हुन् ।

नवलपुरको गैंडाकोट स्थित अक्सफोर्ड कलेजको बस, शव बोकेको गाडी, मोटरसाइकल र स्कुटर ठोक्किँदा विद्यार्थी सहित केही व्यक्ति घाइते भएका छन् ।

घाइतेहरुको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ ।

यस टिकौली जंगल क्षेत्रमा अत्याधिक दुर्घटना हुने गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय