चितवनसहित चार जिल्लाका प्रजिअको सरुवा

काठमाडौं, ३१ साउन । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरूवा गरेको छ।

मन्त्रालयले मंगलबार गरेको निर्णय अनुसार चितवन, नुवाकोट, सप्तरी र धनुषाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।

सप्तरीका सिडिओ भुपेन्द्र थापालाई चितवनको सिडिओको रूपमा सरूवा गरिएको छ । त्यस्तै चितवनका सिडिओ सुरेन्द्र पौड्याललाई नुवाकोटको सिडिओ बनाइएको छ।

मन्त्रालयले नुवाकोटका सिडिओ किरण थापालाई सप्तरीमा पठाएको छ ।

धनुषाका सिडिओ काशीराज दाहाललाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरूवा गरी कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेलाई धनुषाको सिडिओ बनाइएको मन्त्रालयले जनाएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय