इन्टर मायमी लिग्स कपको फाइनलमा

काठमाडौं, ३१ साउन । कप्तान लियोनल मेस्सीले आफ्नो लय कायम राख्दै लगातार छैटौं खेलमा गोल गर्दा उनको टिम इन्टर मायमी लिग्स कपको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बिहान भएको सेमिफाइनलमा मायमीले फिलाडेल्फिया युनियनलाई ४-१ ले पराजित गर्दै उपाधि नजिक पुगेको छ ।

इन्टर मायमीले अब उपाधिका लागि मोन्टेरे र नासभिल एससीबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय