मकवानपुरमा एक पुरुषकाे शव फेला

मकवानपुर, २८ साउन । मकवानपुरमा एउटा शव फेला परेको छ। जिल्लाको भीमफेदी गाउँपालिका ८ मान्डुस्थित मान्डु हाइड्रोपावरमा पुरुषको शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार इलाका प्रहरी कार्यालय भीमफेदीको टोली घटनास्थलतर्फ गइरहेको छ। शवकाे पहिचान हुन भने नसकेकाे स्थानीयले जनाएका छन् ।
एक साताअघि पनि सोही हाइड्रोपावरमा अन्दाजी १७ वर्षीया किशोरीको शव भेटिएको थियो । उनको पनि अहिलेसम्म पहिचान खुलेको छैन।

