वडा अध्यक्ष भुवन लामाको सहजीकरण क्षमताको प्रशंसा

काठमाडौ।वर्षा र बाढीले स्थानीयलाई दु:ख दिन थालेपछि काठमाडौ कपनमा रहेको खहरे खोलामा डोजर चलेको छ।

काठमाडौ महानगरपालिका वडा नम्बर-६ र ७ तथा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर-१० र १२ को बिच(सिमाना)मा पर्ने उक्त खोलामा डोजर लगाउने सहमति ४ जना वडा अध्यक्षले गरेपछि सहज भएको हो।तर,दुई दिनसम्म नेपाल प्रहरी,महानगर प्रहरी र स्थानीय बिच भएको घम्साघम्सीलाई काठमाडौ-६ का अध्यक्ष भुवन लामाले धेरै मेहनत गरेर सहमतिका लागी भुमिका खेलेका थिए। वडा अध्यक्ष लामा सामाजिक कार्यमा स्थानीयसंग समन्वय गर्न र देखेको सत्य बोल्न खप्पिस छन् । उनी बिकासको काममा कसैप्रती आग्रह पुर्वाग्रह राख्दैनन् ।

यसपटक कपनमा देखिएको असहज परिस्थितिलाई पनि उनले सहज बनाएपछी काठमाडौ-६ का वडा अध्यक्ष लामाको सहजीकरण गर्ने तरिका र स्थानीयलाई कन्भिन्स गर्ने क्षमताको सबैले प्रशंसा गरेका छन् । लामासंगै अन्य वडा अध्यक्षले समेत त्यसमा सहजीकरणको भुमिका खेलेका थिए। वडा अध्यक्षहरु बिच भएको तीन बुँदे सहमतिपछि कपनमा महानगरको डोजर चलेको हो। त्यहाँ डोजर चलाउने विषयमा सरोकारवाला निकायबीच तीन बुँदे सहमति भएको छ।

सहमतिमा काठमाडौ महानगरपालिका वडा नम्बर-६ का अध्यक्ष भुवन लामा र ७ का वडा अध्यक्ष विमल होडा तथा बूढानीलकण्ड नगरपालिका-१० का वडा अध्यक्ष नवराज भट्टराई र १२ का वडा अध्यक्ष शम्भुप्रसाद भट्टराई बीच धोबी खोलादेखि साततल्ले सम्मको खहरे खोलामा राखिएको ह्युम पाइप निकाल्ने सहमति भएको छ ।
उक्त सहमतिपछि कपनमा लगातार डोजर चलेको छ।सहमति पत्रमा धोबिखोलादेखि साततल्लेसम्मको बुढानीलकण्ठ- १० र काठमाडौं महानगर- ७ को सीमा भागमा नापजाँच भई वाल लगाइसकिएको हुँदा उक्त भागको सतहमा रहेको पुरानो खहरे खोलामा राखिएको ह्युम पाइप निकाल्ने कुरा उल्लेख छ।

त्यसैगरी आवागमन गर्ने स्थानहरू धोविखोला करिडोर, पाथीभरा बस्ती, समता टोल जाने बाटो, साततल्लेको चोक जस्ताको तस्तै राख्ने वा आवश्यकता अनुसार काठमाडौं महानगरले बेलीब्रिज (पुल) निर्माण गर्ने पनि भनिएको छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय