पोखराका मेयर आचार्यको पुत्ला दहन

पोखरा, २८ साउन । पोखराको पृथ्वीचोकबाट पृथ्वीनारायण शाहको सालिक हटाइएको विरोधमा पोखरा महानगरका मेयर धनराज आचार्यको पुत्दा दहन भएको छ ।

शुक्रबार बसेको सर्वपक्षीय निर्णयपछि महानगरले पृथ्वीनारायणको सालिक हटाएको थियो । त्यसपछि असन्तुष्ट राष्ट्रिय प्रजातन्त्र पार्टीले मेयर आचार्यको पुत्ला दहन गरेको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि उक्त सालिक हटाइएकोप्रति आपत्ति जनाएका छन् ।

‘मध्यरातमा त्यो पनि महानगर प्रमुखको निर्देशनमा बडामहाराजाधिराज पृथ्वीनारायण शाहको प्रतिमा हटाउनु दुस्खद् र निन्दनीय छ,’ उनले भनेका छन्, ‘जसको नेतृत्वमा हामीले नेपाली नाम र पहिचान प्राप्त गरायौं तीनै राजाको प्रतिमा हटाउनु, तोडफोड गर्नु संसारका अघि लाजमर्दो कुरा हो।’

साथै, उनले उक्त प्रतिमा तत्काल पुनःस्थापना गर्न सरकारको ध्यानाकर्षण समेत गराएका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय