मंसिर ४ मा निर्वाचन पक्का: प्रवक्ता महत

काठमाडौं, १४ साउन । नेपाली कांँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आउँदो मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन हुने पक्कापक्की भएको बताएका छन् ।

नेपाल प्रेस युनियनको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पदभार ग्रहण एवं प्रमाणपत्र वितरण कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले मंसिर ४ गते नै निर्वाचन हुने पक्का भएको बताएका हुन् ।

सरकारले केही दिनमै आगामी निर्वाचनको मिति घोषणा गर्ने उनको भनाइ थियो ।

यस्तै‍, उनले नेपाली काँग्रेसमा कसलाई उचाल्ने र कसलाई पछार्ने भन्‍नेमा धेरै चासो हुने गरेको उल्लेख गर्दै त्यस्ता कुराले मूल लक्ष्यबाट टाढा भइने बताए ।

महतले आफ्नो आकांक्षा र कुण्ठालाई त्यागेर आगामी निर्वाचनको बारेमा सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

  • संजालमा नायिकाको खोजी !

    काठमाडौं । चलचित्र निर्माता अविरल थापाले नयाँ फिल्मको लागि नायिकाको खोजी गरेर आफ्नो कम्पनीको पेजमा एक पोष्ट शेयर गरेका छन्...

  • लुम्बिनीमा भुटानी गुम्बा !

    रूपन्देही । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको भुटानी गुम्बाको आज औपचारिक रूपमा...

  • पानी नपर्दा सुक्यो धान,चिन्तामा किसान

    कैलाली । असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा मुस्कान ल्याउनुपर्ने...