लुम्बिनी बिकास कोषको उपाध्यक्षमा डा.ल्यारक्याल लामा

काठमाडौ।लुम्बिनी विकास कोषको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व अर्थ राज्यमन्त्री डा. ल्हारक्याल लामा नियुक्त भएका छन् ।
बैंकको लकरमा गोली लुकाएको र नागरिकता समेतमा विवादमा परेका लामा नेकपा एमाले हुँदै माओवादी प्रवेश गरेका हुन् । विबादास्पद पृष्ठभूमिका उनी तत्कालीन संविधानसभा सदस्य हुन् । डा.लामा ठगी तथा हातहतियार सम्बन्धी अपराधमा पनि पटक-पटक पक्राउ पर्ने र छुट्ने गरेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै चाहनामा उनलाई पाँच वर्षका लागि मन्त्रिपरिषद्ले यो पदमा नियुक्त गरेको हो। स्रोतका अनुसार पर्यटन मन्त्री सुदन किरातीको भने लामा भन्दा दोस्रो ब्यक्तिमा चाहना थियो।
यसअघि लुम्बिनी बिकास कोषको उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तेय) थिए । उनको कार्यकाल १० साउनमा सकिएसँगै सरकारले लामालाई नयाँ उपाध्यक्ष नियुक्त गरेको हो ।

