नारायणी नदीको पुलबाट हाम फालेकी महिलाको मृत्यु

चितवन, १८ साउन । चितवनको नारायणी नदीमा हाम फालेकी महिलाको मृत्यु भएको छ । बिहीबार विहान करिब पौने ८ बजेतिर नारायणी नदीको पुलबाट नदीमा हामफालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
अन्दाजी ४५ वर्षकी महिला हामफालेको केहीबेरमा नै वउा प्रहरी कार्यालय नारायणगढको विपद व्यवस्थापन टोलीले उद्धार गरेर चितवन मेडिकल कलेज लगिएको थियो ।
उपचारकै क्रममा उनको ज्यान गएको अस्पताल स्रोत र प्रहरीले जनाएको छ ।

