मेस्सीको शानदार फ्रिकिक गोलमा इन्टर मायमीको जीत

काठमाडौं, ६ साउन । अर्जेन्टिनी स्टार लियोनल मेस्सीले अमेरिकन मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मायमीका डेब्यु खेलमै फ्रिकिकमार्फत शानदार गोल गरेपछि क्लबले जीत निकालेको छ ।

लिग्स कप अन्तर्गत भएको खेलमा मायमीले क्रुज अजुललाई २-१ गोलअन्तरले हराएको हो । मायमीको जीतमा रोबर्ट टेलर र लियोनल मेस्सीले गोल गर्दा क्रुजका लागि उरियल अन्टुनाले एकमात्र गोल गरे ।

खेलको पहिलो हाफको ४४औं मिनेटमा टेलरले गोल गर्दै मायमीलाई सुरुवाती अग्रता दिलाएका थिए । दोस्रो हाफको ६५औं मिनेटमा अन्टुनाले गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

खेल सकिनै लाग्दा इन्जुरी समयको पनि अन्तिम मिनेटमा मेस्सीले फ्रिकिकमार्फत गोल गर्दै मायमीलाई जीत दिलाए । उनले डिबक्सबाहिर प्राप्त फ्रिकिकलाई फस्ट बारको टप कर्नरमा प्रहार गरेको बल गोलरक्षकले रोक्‍ने मौका नै पाएनन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय