प्रकाश सपुतको नयाँ गीत ‘दमाई महाराज’ सार्वजनिक

काठमाडौं, ६ साउन । गायक प्रकाश सपुतको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार उनले आफ्नै युट्युब च्यानलमार्फत ‘दमाई महाराज’ बोलको गीत सार्वजनिक गरेका छन् ।

प्रकाश आफैंको शब्द तथा संगीत रहेको गीतमा गायन उनी र शान्तिश्री परियारको रहेको छ । गीतमा सुदिप सागरले संगीत संयोजन गरेका छन् ।

गम्भिर विष्टले कोरियोग्राफी गरेको गीतमा प्रकाश सपूत, अन्जली अधिकारी, गीता ढुंगाना, गरिमा शर्मा, प्रभात ठकुरी, सुनिल विक, पुष्पा अवस्थी, विजय थापा, लोकनाथ वाग्ले, विशाल घिमिरे, डिपलभ विक, प्रखर सपूतलगायत कलाकारको अभिनय छ।

मनकृष्ण महर्जन र दिनेश पराजुलीले छायांकन गरेको गीतलाई प्रविण भट्टले सम्पादन गरेका छन्। म्युजिक भिडिओमा प्रकाश सपुतकै लगानी, निर्देशन र कथा रहेको छ।

यसवर्ष सपुतले गीतसंगीतको माध्यमबाट जातीय विभेदविरूद्ध काम गर्ने बताएका थिए । गीतमार्फत उनले छुवाछुत तथा भेदभावविरूद्ध आवाज उठाएका छन्।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय