सिनामङ्गलमा (आर.डि.एक्स) लेखेको कागजसहित शंकास्पद वस्तु फेला

काठमाडौं, ३ साउन । काठमाडौंको सिनामङ्गलमा शंकास्पद वस्तु फेला परेको छ । सिनामङ्गल पुरानो बानेश्वर सडकको छेउमा खोटाङ हलेसी ज्वेलर्स नजिकै शंकास्पद वस्तु फेला परेको हो ।

उक्त स्थानमा एउटा पर्चा पनि भेटिएको छ जसमा उक्त वस्तु आरडिएक्स सहितको बम भएको बताइएको छ । आरडिएक्स भनेको विस्फोटक पदार्थमा प्रयोग गरिने वस्तु हो । यसले मात्राको आधारमा  ठुलो क्षति गर्न सक्छ ।

पर्चामा लेखिएको छ- खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईँको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला । संयोजक सफल ।’

प्रहरिको टोली अहिले त्यहाँ पुगेको र नेपाली सेनाको बम डिस्पोजल टोली बोलाउने तयारी गरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय